मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु, उपमेयरमा चित्रसेन पक्का

चितवनको भरतपुर महागनरपालिकाको मेयरमा रेनु दाहाल दोहोरिने निश्चित भएको छ । नेकपा माओवादी केन्द्रकी दाहाल सत्ता गठबन्धनबाट  सो महानगरमा उम्मेदवार छिन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुने निश्चित भएको छ । उनी पनि सत्ता गठबन्धनबाटै उममेदवार बनेका हुन् । 

दाहाल र अधिकारी दुवैले प्रतिस्पर्धी उम्मेदवारलाई १० हजारभनदा बढी मतान्तरले पछि पारेका छन्। मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ दोस्रो स्थानमा छन् । 

कांग्रेसबाट विद्रोह गरेर मेयरमा स्वतन्त्र उठेका जगन्नाथ पौडेल तेस्रो स्थानमा छन् । उनले हालसम्म १३ हजार ८२२ मत मात्रै ल्याएका छन्। 

अहिलेसम्म मेयरमा रेनु दाहालले ४५ हजार ३८९ मत ल्याएकी छन्। अर्कातिर पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ३४ हजार ७३८ मत ल्याएका छन्। 

मेयर पदमा एमालेका सुवेदी दाहालभन्दा १० हजार ६५१ मतले पछाडि छन्। यो अन्तर गन्न बाँकी १० हजार ३२४ मत भन्दा ३२७ ले धेरै हो। 

गन्न बाँकी मतभन्दा बढी उनीहरुको पक्षमा आइसकेकाले दुवैको जित पक्का भएको हो। भरतपुरका तीन वडाको मत गन्न बाँकी हुँदै उनीहरुको जित पक्का भएको छ।



उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले ४६,४७१ मत ल्याएर जित पक्का गरिसकेका छन्। उनले १९ हजार ६७ मतको अग्रता लिएका छन्।

एमालेसँग मिलेर उपमेयरमा उठेकी राप्रपाकी हिमला गुरुङले २७ हजार ४०४ मत ल्याएकी छन्। 



भरतपुर महानगरपालिकामा वडा २७, २८ र २९ को मतगणना गर्न बाँकी छ। वडा २७, २८ र २९ मा १० हजार ३२४ मत खसेको थियो।

भरतपुरका २४ वटा वडाको नतिजा अहिलेसम्म आइसकेको छ। जसमा वडा नं ३, ११, १२, १८ र १९ को वडाध्यक्षमा एमालेका उमेदवार निर्वाचित भएका छन्। 

१३ र २४ नम्बरमा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन्। ७, ९, २२ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्। अन्य सबै वडामा कांग्रेस विजयी भएको छ। 

  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १८:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया