राप्रपा बझाङमा दुई धार, एकले अर्कालाई सुरु गरे कारबाही

राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङमा किचलो उत्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङमा दुई धार बनेर एक अर्कालाई कारबाही सुरु गरेका छन् ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङका अध्यक्ष धीरजविक्रम सिंह, कर्णबहादुर खड्कालगायत पक्षले नौजना पार्टी प्रतिनिधिलाई कारबाही गरेको थियो । आज फेरि संस्थापन पक्ष भनिने सहअध्यक्ष विश्वप्रकाश जेठारा पक्षले सिंह र राप्रपाबाट जयपृथ्वी नगरपालिकाका मेयरका उम्मेदवारसमेत बनेका खड्कालाई कारबाही गरी मुद्दासमेत दर्ता गरेको छ ।

पार्टी सल्लाहकार लालबहादुर खड्का, पार्टी सचिव जनकबहादुर ओली, कोषाध्यक्ष सुरतबहादुर च्वाँन, पार्टी सदस्य जगतबहादुर सिंह जरोबर, पार्टी उपाध्यक्ष जुनादेवी सिंह, वर्तमान उपमेयर मनादेवी सिंह, वर्तमान महिला उपाध्यक्ष, जानकीदेवी खाती र वर्तमान पार्टी सदस्य कर्णबहादुर रोकाया लगायतले बैठक बसेर उल्टै पार्टी सिंह् र खड्कालाई कारबाही गरेका हुन् । 

धीरजबहादुर सिंह र राप्रपाबाट जयपृथ्वी नगरपालिकाका मेयरका उम्मेदवारसमेत बनेका कर्णबहादुर खड्का कमल थापा पक्षका रहेको पार्टी सल्लाहकार लालबहादुर खड्काले आरोप लगाएका छन् । सल्लाहकार खड्काका अनुसार सिंह र खड्कालगायत कमल थापा पक्षका भएकाले राप्रपा बझाङले बहिष्कार गरेको हो । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २१:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया