पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा नेमकिपाको प्रदर्शन

सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो । 

नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरले संयुक्त रूपमा प्रदर्शन तथा सभा गरेका हुन् ।

जुलुस भक्तपुर नगरको पूर्वमा रहेको कमलविनायकबाट सुरु भएको थियो । कमलविनायकबाट जुलुसले नगर परिक्रमा गरेको थियो । 

जुलुस कमविनायकबाट च्याम्हासिंह, सूर्यमढी, दतात्रय, इनचो, गोल्मढी, सुकुलढोका हुँदै टौमढीमा पुगेको थियो । त्यहाबाट पुनः गहिटी, रामन्दिर हुँदै सूर्यविनायकमा पुगेर सभामा परिणत भएको थियो । 

सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईं, नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरका अध्यक्ष मीनबहादुर बाटा, नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका अध्यक्ष विमल सुवाललगायतले तत्काल मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका थिए 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २२:११:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया