मकवानपुरका तीन पालिकामा पुरानै नेतृत्व

स्थानीय तह निर्वाचन ०७९ अन्तर्गत मकवानपुर जिल्लाको तीनवटा गाउँपालिकाको नेतृत्वमा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । मकवानपुरको बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकामा पुरानै नेतृत्व दोहोरिएका हुन् ।

बागमतीमा माओवादीका सर्केश घलान, भीमफेदीमा एमालेका हिदम लामा र राक्सिराङमा कांग्रेसका राजकुमार मल्लले दोस्रो कार्यकालको लागि नेतृत्व गर्ने अवसर पाएका हुन् । बागमतीका घलानले एमालेका खेमराज जर्घा मगर, भीमफेदीका लामाले माओवादीका बद्रीबहादुर स्याङ्तान र राक्सिराङका मल्लले एमालेका बाबुलाल स्याङ्तालाई हराउँदै दोस्रो कार्यकालका लागि पनि जित निकालेका हुन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिका बाहेक सबै पालिकामा पुरानै नेतृत्वले दोहोर्याउने चाहनासहित उम्मेदवारी दिएका थिए ।

दोस्रो कार्यकालको नेतृत्व गर्ने इच्छासहित चुनाव लडेका मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती कांग्रेसका रञ्जन कालाखेतीसँग पराजित भए । त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईं कांग्रेसका दोर्जे लामा स्याङ्तानसंग पराजित भए । अघिल्लो निर्वाचनमा हुमागाईंले स्याङ्तानलाई नै पराजित गरेका थिए । अघिल्लो चुनावमा एमालेबाट जिते पनि पार्टी विभाजनसँगै नेकपा (एकीकृत समाजवादी)मा लागेका कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले पनि हार व्यहोरे ।

अघिल्लोपटक उनै मोक्तानले हराएका कांग्रेसका लोक मुक्तानले यसपटक एमालेका नरेन्द्र रिजाललाई हराउँदा उनी तेस्रो हुन पुगेका हुन् । यस्तै, इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामा पनि यसपटक पराजित भए । अघिल्लोपटक एमालेबाट निर्वाचित उनी पार्टी विभाजनसँगै नेकपा एसतर्फ लागेका थिए । इन्द्रसरोवरमा कांग्रेसका विश्व लामालाई हराउँदै एमालेका देवकृष्ण पुडासैनी विजयी भए ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २२:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया