लुम्बिनी नगरपालिकाको मेयरमा कांग्रेसका सजरुद्दीन, उपमेयरमा एमालेले बाजी मार्‍यो

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतान्तरले पराजित भए । गुप्ताले ५ हजार ५९६ मत पाए ।

उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् । उनी ६ हजार १६९ मतका साथ उपमेयरमा निर्वाचित भएकी हुन् । जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाइन् ।  





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ६:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया