भारतमा कोरोना : २४ घण्टामा २ हजार संक्रमित, ४६ जनाको मृत्यु
फाइल तस्बिर

भारतमा पछिल्लो २४ घण्टामा २ हजार २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । योसँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ । यो कुल संक्रमितको शून्य दशमलव ०३ प्रतिशत हो । मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलव ७५ प्रतिशत छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४६ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ । 

भारतमा पछिल्लो केही दिनमा कोभिड संक्रमितको संख्या फेरि बढेको छ ।   





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ७:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया