भरतपुर महानगरको मेयरमा रेनु दाहाल भारी मतान्तरले विजयी

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादीकी रेनु दाहाल निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी उनी नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले हराउँदै उनी दोस्रोपटक मेयरमा निर्वाचित भएकी हुन् ।  

रेनुले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए । उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भए । 

उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपाबाट उपमेयर उम्मेदवार रहेकी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत प्राप्त गरिन् ।  





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ८:३९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया