मुचुल्काकाे भन्दा बढी मतपत्र फेला परेपछि फतुवा विजयपुरमा मतगणना स्थगित

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएकाे छ। बढी मतपत्र फेला परेपछि पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रदर्शन गरेका छन् ।

फतुवा विजयपुर नगरपालिका-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए ।

निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ छ ।

नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाएका छन्। नेकपा एमालेका मेयरका उम्मेदवार विजय यादवले नेपाली कांग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको र मेवा गाउँमा पुन : मतदान गर्नुपर्ने माग राखेका छन् ।

पुन: मतदानको माग गर्दै एमाले र माओवादीका मतगणना स्थलमा रहेका प्रतिनिधिहरू निस्केको माओवादीका मेयरका उम्मेदवार तिमल्सिनाले बताए । 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ११:२१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया