प्रदेश र संघको निर्वाचन मंसिरमै हुन्छ, आँट भएकाहरू अगाडि बढ्नू : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो मंसिरभित्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । आज एकीकृत समाजवादी मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रममा नेपालले मंसिरभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका हुन् ।

उनले मकवानपुरको दुईवटा संघीय क्षेत्र र ४ वटा प्रदेशसभा सदस्यको निर्वाचन जित्ने गरी पार्टीको कामहरू अघि बढाउन कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘अब गठबन्धन होला भनेर पर्खेर बस्ने होइन । आँट नभएका मान्छेहरू अहिले नै यसो लम्पसार परेर बसे हुन्छ, आँट भएका मान्छेहरू अगाडि बढ्नुपर्छ । अनि टिकट पाएपछि खट्छु नभए खट्दिन भन्ने मान्छेलाई पनि छोडिदिए हुन्छ । टिकट पाएन भने पार्टी छोडेर हिँड्छु भन्ने छन् भने अहिलेदेखि हिसाबकिताब राख्नुपर्छ,’ नेपालले भने, ‘अन्तिम समयमा पार्टीलाई धोका दिन्छन् भने त्यसलाई ख्याल गर्नुपर्छ । अन्तिम बेलामा धोका दिनेहरूको के हबिगत हुन्छ सिक्नुछ भने हेटौंडाबाट सिके पनि हुन्छ ।’

उनले आफ्नो पार्टीले आठ महिनाको छोटो अवधिमा ठूलो उपलब्धि हासिल गरेको दाबी पनि गरे ।  





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १३:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया