चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा एक वर्षको अवधिमा भित्रिएकोभन्दा ७० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास यस वर्षको पहिलो दश महिनामा भित्रिएको भन्सार विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष नेपालले भारतबाट १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरेको थियो ।
विभागले आज सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो दश महिनामा भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरिएको छ ।
सोही अवधिमा ५४ अर्ब ८३ करोड ९६ लाख ६ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ ।
२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा भारतबाट नेपालले ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको खाना पकाउने एलपीजी ग्यास आयात गरेको विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।