एएफसी यु–२० एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार समूह ‘बी’ मा नेपालसहित कतार, भुटान, बहराइन र बंगलादेश रहेका छन् । यो समूहको छनोट खेल बहराइनमा हुनेछ ।
एएफसीले छनोटका सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरेको छ । छनोटबाट प्रत्येक समूहका विजेता तथा उत्कृष्ट पाँच उपविजेताले अर्को वर्ष उज्वेकिस्तानमा हुने यु–२० एसियन कपमा स्थान बनाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।