बालेनको फराकिलो अग्रता कायमै, सिर्जनाको मत ३२ हजार नाघ्यो

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा १ लाख ५४ हजार ८४६ मत गन्दा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । 

मंगलबार दिउँसो २ बजेसम्मको अपडेट अनुसार साहले ५१ हजार १६३ मत पाएका छन् । 

त्यस्तै, दोस्रो स्थानमा रहेकी गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंह ३२ हजार ५९ मत आएको छ । 

तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापित ३१ हजार १६६ मत आएको छ । मतगणना जारी छ ।

काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५१ मत खसेको थियो । अब ३६ हजार ३४० मत गन्न बाँकी छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १४:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया