मदन भण्डारी प्रतिष्ठानको परीक्षा स्थगित, दर्जनौँ विद्यार्थीको भविष्य अन्यौल

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत फार्मेसी, बिपीएच, ल्याब मेडिसिनको स्नातक तहको परीक्षा रोकिएको छ । 

परीक्षा रोकिँदा ४० जना विद्यार्थीको भविष्य अन्यौल बनेको छ । प्रतिष्ठानको परीक्षा बोर्डले ३ जेठदेखि परीक्षाको समय निर्धारण गरेको थियो । प्राविधिक कारण देखाउँदै एकाएक परीक्षा स्थगित गरी शिक्षाध्यक्ष सतिश देव र परीक्षा बोर्ड प्रमुख डा. नीति भाट सम्पर्कविहीन भएको विद्यार्थीको गुनासो छ ।
 
परीक्षा बोर्ड प्रमुख डा. भाट गैरसरकारी संस्थाको प्रोजेक्टमा लाग्दा परीक्षा रोकिएको भन्दै विद्यार्थी आक्रोशित बनेका छन् । विद्यार्थीलाई भर्ना लिँदा परीक्षा शुल्कबाहेक अन्य शुल्क नलाग्ने भनिए पनि शिक्षाध्यक्ष देवको एकल निर्णयबाट अतिरिक्त शुल्क उठाउन थालेपछि विद्यार्थीले त्यसको प्रतिवाद गरेका थिए । 

शुल्ककै विषयमा विद्यार्थी र शिक्षाध्यक्षबीच विवाद भएपछि परीक्षा रोकिएको थियो । शुल्कको विषयमा प्रतिष्ठानको सिनेट बैठकले निर्णय गरेपछि विवाद टुङ्गिने शिक्षाध्यक्ष देवले बताए । 

शुल्कको विषयले परीक्षा नै स्थगित गर्नुपर्ने आवश्यक नभएको प्रतिष्ठानका पदाधिकारी बताउँछन् । शिक्षाध्यक्षले परीक्षा बोर्ड प्रमुख भाटको निजी व्यस्ततालाई म्यानेज गर्नका लागि परीक्षा नै स्थगित गरेको विद्यार्थीको आरोप छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १६:२७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया