बूढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा बनाइने
फाइल तस्वीर

नेपालकै लगानीमा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने जानकारी दिएकी हुन् । 

सरकारले १२ सय मेगावट बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गर्ने भएको हो । 

साथै पश्चिम सेती, तल्लो अरुण र सेती रिभर–६ को निर्माण कार्य पनि आगामी आर्थिक वर्षबाटै सुरु गरिने राष्ट्रपति भण्डारीले जानकारी दिइन् । 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १७:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया