गौतम बुद्ध क्रिकेट मैदान निर्माण गर्न सरकारले सहजीकरण गर्ने
फाइल तस्वीर

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सरकारले सहजीकरण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

'चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी कामलाई टुंगोमा पुर्‍याउन समन्वय र सहजीकरण गरिने छ' उनले भनिन् ।

नागरिकका लागि शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारीरिक व्यायाम योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १७:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया