सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने भएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, 'किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने छ । स्तन क्यान्सर निधान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने छ ।'
सरकारले आगामी वर्षमा सबै प्रदेशमा रक्त सञ्चार केन्द्र स्थापना गर्ने भएको छ । सरकारले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधासम्पन्न बनाइने भएको छ । सबै प्रकारका विशिष्टिकृत परीक्षण सहज रूपमा हुने व्यवस्था मिलाइने नीति तथा कार्यक्रम रहेको छ । सरकारले विशिष्टिकृत प्रयोगशाला निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।