देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुने भएको छ ।

राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको हो । 

त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई/दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । राष्ट्रपति भण्डारीले भनिन्, 

‘प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना र संचालन गर्ने नीति लिइनेछ । सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालनमा ल्याइनेछ । चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिनेछ ।’





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १८:३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया