जनकपुरधाम उपमहानगरले वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन गर्ने

जनकपुरधाम उपमहानगरपालिकाले वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन गर्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साहले पदभार ग्रहण गरेपश्चात् मंगलबार जनकपुरधामको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने पहिलो निर्णय गरेका हुन् ।

उपमहानगरभित्र हाल सरसफाइको कार्य नगरकार्यपालिकाको कार्यालयद्वारा भइरहेकोमा अबउप्रान्त नगरका सबै वडामा आवश्यक जनशक्ति तथा सरसफाइका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने र यसका लागि २५ वटै वडा कार्यालयलाई सरसफाइको जिम्मेवारी प्रदान गर्ने नगरप्रमुख साहले निर्णय गरेका छन् । 

फोहोर व्यवस्थापनका लागि उपमहानगरका सबै वडा कार्यालयलाई टयाक्टर र सरसफाइ कर्मचारी उपलब्ध गराइने निर्णय नगरप्रमुख साहले गरेको प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याले बताए ।
 
त्यस्तै, उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित शाखाको काम सम्बन्धित कर्मचारीबाट गराउने निर्णयसमेत मेयर साहले गरेका छन् ।

जनकपुधाम उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयका महाशाखा,  शाखामा सम्बन्धित विषयविज्ञलाई व्यवस्थापन गर्नुका साथै जुन कार्यका लागि जसलाई नियुक्त गरिएको हो सोही कार्य गर्ने गरी उनलाई व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले सम्पन्न गर्ने कार्य थप पारदर्शी, निष्पक्ष, उत्तरदायी र सुशासनयुक्त बनाउनका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णयसमेत नगरप्रमुख साहले गरेका हुन् ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १८:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया