सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

बलिउड अभिनेता सलमान खान आउने र दशरथ रंगशालामा शनिबार हुने भनिएको सांगीतिक कार्यक्रम स्थगन गरिएको छ ।

आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्‌का कारण हाललाई कार्यक्रम स्थगन गरिएको हो ।

भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने आयोजकले जनाएको छ ।

कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ५ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । कार्यक्रममा बलिउडका अभिनेता सलमान खानसहितका एक दर्जन कलाकार नेपाल आउने सम्झौता भएको थियो ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १८:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया