पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् ।
मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए ।
‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर, मेरो विचारमा सामान्य सुधारले पुग्दैन,’ उनले भने, ‘सुधारात्मक कुरा सकारात्मक छन्, तर पर्याप्त छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।