नीति तथा कार्यक्रमले गठबन्धन दलको धारणालाई अगाडि सारेको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पेस गरेको नीति तथा कार्यक्रमले गठबन्धनको धारणालाई अगाडि सारेको बताएका छन् । 

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै  एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सत्तारुढ गठबन्धनमा रहेका दलको धारणाअनुसार आएको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रमले राज्यका र समाजका सबै समस्यालाई अधिकतम रूपमा सम्बोधन गर्ने कोशिस गरेको पनि बताए ।

‘गठबन्धन दलको धारणालाई अगाडि सारेको छ,’ उनले भने, ‘जनताको मुद्दालाई, अहिलेको समस्यालाई सम्बोधन गर्ने कोशिस गरेको छ ।' 

उनले नीति तथा कार्यक्रम परफेक्ट नभएपनि आधारभूत रूपमा ठीक भएको बताए ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १९:२०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया