इन्धनको मूल्य स्वचालित बनाइने, उपत्यकामा मेट्रो रेल चलाउन अध्ययन गरिने

सरकारले इन्धनको मूल्य स्वचालित प्रणालीबाट तय गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले आपूर्तिलाई सहज बनाउन स्वचालित मूल्य प्रणाली लागू गरिने बताइन् ।

राष्ट्रपति भण्डारीले आपूर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावकारी बनाउन मूल्य निर्धारणमा स्वचालित प्रणाली लागू गरिने बताइन् । 

त्यस्तै, सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको अध्ययन गर्ने भएको छ । राष्ट्रपति भण्डारीले सवारी साधनको व्यवस्थालाई सहज बनाउन काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन विस्तृत अध्ययन गर्ने बताइन् । 

त्यस्तै, सरकारले आगामी वर्ष राष्ट्रिय गौरवको पूर्व–पश्चिम (९४५ किमी)  विद्युत रेलमार्गको निर्माण अघिको पूर्वतयारी सक्ने योजना बनाएको छ । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको पूर्वतयारी पूरा गर्ने भएको छ । 

रसुवागढी–काठमाडौं र रक्सौल– काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गर्ने लक्ष्य लिइएको छ । चीन जोड्ने रसुवागढी–काठमाडौं रेलमार्ग करिब ७२ किमी छ । 



भारत जोड्ने रक्सौल काठमाडौं रेलमार्ग करिब १४२ किमी पर्छ जसको पूर्व सम्भाव्यता अध्ययन सकेर विस्तृत अध्ययन सुरु गरिएको छ । नदी प्रणालीमा आन्तरिक जल यातायातको विकास गरिने उल्लेख छ । केबलकार निर्माण र रोपवे निर्माणलाई प्राथमिकता दिइने भएको छ ।



  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार २०:१७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया