ललितपुर मेयरमा कांग्रेसका चिरिबाबु उपमेयरमा एमालेकी मञ्जली विजयी, कुन वडामा को विजयी ?

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन दोस्रोपटक निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार महर्जनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् ।

ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराएका थिए । महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए ।

उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित भएका छन् । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्रचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे ।

कुन वडामा को विजयी ?

महानगरको २९ वडामध्ये कांग्रेसले ११, एमाले ११, माओवादी तीन, नेकपा एकीकृत समाजवादीले दुई र स्वतन्त्र दुई वडामा विजय भएका छन् ।



ललितपुर महानगर–१ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेश कुमार महर्जन, ३ मा नेकपा (एस)का श्रीगोपाल महर्जन, ४ मा नेपाली कांग्रेसका सन्तोष खड्का, ५ मा नेकपा (एमाले)का विकासमान श्रेष्ठ विजयी भएका छन् ।

यस्तै, ६ मा कांग्रेसका रुपेन्द्र राज शाक्य, ७ मा कांग्रेसका कुल बहादुर महर्जन, ८ मा कांग्रेसका बाबुरत्न महर्जन, ९ मा कांग्रेसका राजु महर्जन, १० मा कांग्रेसका रविनमान ब्यञ्जनकार, ११ मा कांग्रेसका अरोजकुमार खड्गी विजयी भएका छन् ।



वडा नं १२ मा एमालेका नारायण लाल अवाले, १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी, १४ मा कांग्रेसका अमृतजंग महत, १५ मा एमालेका सुरेशबहादुर साही विजयी भए ।

महानगरको वडा नम्बर १६ मा कांग्रेसका निर्मलरत्न शाक्य, १७ मा एमालेका विनोद महर्जन, १८ मा एमालेका दामोदर खड्का, १९ मा एमालेका राजेन्द्र महर्जन, २० मा कांग्रेसका चन्द्रलाल महर्जन, २१ मा नेकपा (माओवादी केन्द्र)का रविन्द्र महर्जन विजयी भए ।

यस्तै, २२ मा एमालेका सागर तुलाधर, २३ मा एमालेका जीवन महर्जन, २४ मा एमालेका दिनेशजंग पाण्डे, २५ मा एमालेका दौलतकुमार खत्री, २६ मा माओवादी केन्द्रका सुरेश महर्जन, २७ मा माओवादीका कृष्णहरि महर्जन, २८ मा कांग्रेसका महर्जन, २९ मा एमालेका गणेश महर्जन विजयी भएका छन् ।

  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार २२:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया