पोखराको मेयरमा नेकपा एसका आचार्य विजयी, उपमेयरमा एमालेकी गुरुङ दोहोरिइन्

पोखरा महानगरपालिको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।  

आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरे । थापाले ५२ हजार ८ सय ४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो । त्यस्तै,  पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरे । स्वतन्त्र लौरो चिन्हका उमेदवार खडकराज पौडेल गनेशले ३ हजार ३० मत मात्र पाए ।   

उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी ६० हजार ५ सय ४६ मतसहित उपमेयरमा विजयी भएकी हुन् । गुरुङकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरिन् ।

गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढी प्राप्त गरिन् । राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाइन् ।

पोखराका ३३ वटा वडामा नेपाली कांग्रेसले २३ वटा, नेकपा एमालेले ९ वटा र एक जना स्वतन्त्र उम्मेदवारले वडा अध्यक्षमा विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार ६:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया