भरतपुर मेयर दाहालको निर्णय : छोरीहरूको लागि जीवन बीमा, ७ हजार लिटर खानेपानी नि:शुल्क

चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गरेकी छन् । दोस्रोपटक मेयर निर्वाचितपछि पदभार ग्रहण गर्दै महिनामा ७ हजार लिटर खानेपानी निःशुल्क दिनेसहित केही निर्णय गरेकी छन् ।

उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने निर्णयमा पनि गरेकी छन् । आगामी आर्थिक वर्षबाट यो बीमा कार्यक्रम लागू हुने मेयर दाहालको भनाइ छ । छोरीहरूका लागि एक लाख रुपैयाँको जीवन बीमा गर्ने उनले बताइन् ।

महानगरले गरिदिने बीमामार्फत १५ वर्षपछि एक लाख रुपैयाँ पाइनेछ । यो बीमाको व्यवस्था सरकारी अस्पतालमा जन्मिएका छोरीहरूका हकमा मात्रै लागू हुने महानगरले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार ९:१८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया