सिर्जनाको वडामा बालेनको फराकिलो अग्रता

काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहको वडामा पनि मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) फराकिलो अग्रता लिएका छन् । 

सिर्जनाले मतदान गरेको काठमाडौंको १६ नम्बर वडामा बालेनले २ हजार ५६९ प्राप्त गरेकी छन् । सिर्जनाले आफ्नो वडामा १ हजार १९० मत पाएकी छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९९० मत प्राप्त गरेका छन् ।  

अहिलेसम्म वडा नम्बर १६ मा ६४५३ मत गणना भएको छ । यो वडामा कुल १२ हजार ३३६ मत खसेको थियो । करिब १ लाख ९१ हजार मत खसेको काठमाडौंमा अहिलेसम्म बालेनकै अग्रता छ ।

उनले अहिलेसम्म ५५ हजार मत कटाएका छन् । अब करिव २० हजार मत गणना हुन बाँकी रहेको छ ।   





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार ९:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया