प्रमेगञ्जको 'तरबार' सार्वजनिक

भदौ ३ गते रिलिज हुने नेपाली फिल्म प्रेमगञ्जको तरबार बोलको गीत सार्वजनिक भएको छ ।

गीत काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो । गीतमा जो जीवनमा छ ऊ मनमा छैन, जो मनमा छ ऊ जीवनमा छैन भन्ने कुरालाई मूल रूपमा समेटिएको छ । 

कार्यक्रममा नायक तेज गिरीले फिल्म नेपाली कथावस्तुमा आधारित रहेको बताए । त्यस्तै, नायिका बेनिसा हमालले आफूले आइटम डान्स पहिलो पटक गरेको र सकेसम्म डान्समा न्याय गरेको बताइन् ।

पुरुषोत्तम ढुंगेलको गीत र किरण भुसालको संगीतमा बनेको गीतमा दीक्षा थापा र सुरज साही ठकुरीको आवाज छ । गीतमा बेनिसा हमाल, तेज गिरी र सम्पदा बानियाँको अभिनय रहेको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १३:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया