मधेस प्रदेश : आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम अब गृह तथा सञ्चार मन्त्रालय
फरकधार / ११ जेठ, २०७९

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिएका हुन् ।



मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए । उनले यस प्रदेशका नागरिकले सबै अधिकार प्राप्तिका लागि पहिले प्रदेश सरकार अधिकारसम्पन्न हुनुपर्ने भन्दै मन्त्रालयको नाम फेरिएको बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी भएको एघार महिना बितेपछि मन्त्रालयको नाम फेरिएको हो । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री साहले मन्त्रिपरिषद्को निर्णय अनुसार नाम परिवर्तन गरी काम अनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको बताए ।  



मन्त्रालयको नाम परिवर्तन भएको सूचना मधेश प्रदेशको राजपत्रमा प्रकाशित भएको छ । 



सो मन्त्रालयको स्थापनाकालमा आन्तरिक मामिला तथा कानून मन्त्रालय रहेको थियो । तर, पछि सो मन्त्रालयको विभाजन हुँदा कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अलग गरिएको थियो । त्यसपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो । 

जेठ ६ गतेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १७:१७:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया