निर्वाचनमा खटिएका कर्मचारीलाई खगराजको चेतावनी : हाम्रा मतपत्र लुकाइएको छ, यसको हिसाब एमालेले राखिरहन्छ
फरकधार / ११ जेठ, २०७९

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् । 



पोखरामा उपमेयरसहितका नवनिर्वाचित जनप्रतिनिधिको विजयी र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा हाम्रा साथीहरूको कमेण्ट हेरेको छु । तपाईंहरूसँग शीर निहुर्याएर निवेदन गर्न चाहन्छु, हामीले जुन सफलता प्राप्त गर्न सकेनौँ त्यो हाम्रै कारण हो । कास्की जिल्लाको मतदाता, पार्टी स्थायी कमिटी सदस्यको हैसियतले मैले जे गर्नुपर्ने हो त्यो गरेँ । तर नेतृत्व तहबाटै कमीकमजोरी बाँकी रहे । त्यसमा आत्मआलोचित हुँदै आगामी दिनमा ती कमजोरी नदोहोर्‍याउने बाचा गर्दछु ।’

पोखराको मेयर पराजित हुनुमा उनै अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गुटगत प्रतिस्पर्धालाई लिइन्छ । उनले निर्वाचित भएका जनप्रतिनिधिलाई ५ वर्ष लाल सिपाहीको रूपमा खडा हुन आग्रह गरे । ‘जो निर्वाचित हुनुभयो, तपाईंहरूले एकजुट भएर ५ वर्ष एमालेको नीति बाहिर गएर पोखरालाई तस्करको पन्जामा नगरपालिका लान कसैले चाहन्छ भने हाम्रा ८६ जना सिपाही खडा हुनेछन् । जवाफ दिनेछन् एमालेको अभियान पोखरा बनाउने हो भनेर,’ उनले भने, ‘तपाईंहरू सबैजना ५ वर्षको मोर्चामा खटिनुहुनेछ ।’



उनले वडा नम्बर १८ र ३१ मा जालसाजी गरेर आफ्ना उम्मेदवारलाई हराइएको आरोप लगाएका छन् । ‘जालसाजी गरेर वडा नम्बर ३१ र १८ मा मतपत्र लुकाएर हामीलाई हराइएको नाटक गरिएको छ । हामी युद्ध मैदानमा फेरि खडा हुनेछौँ । हाम्रा मतपत्र जानीजानी लुकाइएको छ,’ भन्छन्, ‘कर्मचारी साथीहरूलाई भन्न चाहन्छौँ, तपाईं इमानदार नबनेर कसैले १ सिट जित्दैमा त्यसको जित ठानेर एमालेलाई मिनिमाइज गर्नुभयो । यो हिसाबकिताब एमालेले राखिरहन्छ ।’



उनले गठबन्धनलाई लुटपाट र घुसपैठ गरेर चुनाव जितेको आरोप लगाए । ‘तथाकथित लुटपाट गरेर, घुसपैठ गरेर, एमालेलाई कमजोर पार्ने कोसिसका साथ जितेका भए पनि अरू पदाधिकारीले एमालेबेगर चल्ने दुस्साहस नगरे हुन्छ । हामी लडाईंको मोर्चामा छौँ,’ अधिकारीले भने ।

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १८:२६:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया