रसुवाको पालिका प्रमुखमा महिला सहभागिता शून्य

रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको  छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको पाँचवटा स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको हो । 

०७४ को स्थानीय तहको पहिलो निर्वाचनमा जिल्लाको कालिका गाउँपालिकाको प्रमुखमा एकजना मात्र महिला प्रमुख बनेकी थिइन् । गएको वैशाख ३० गते भएको निर्वाचनमा दुईवटा पालिकामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए । 

नौकुण्ड गाउँपालिकाबाट नेकपा एमालेले पालिका प्रमुखमा सिर्जना लामालाई उम्मेदवार बनाएको थियो । उत्तरगया गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अर्चना लामालाई उम्मेदवार बनाएको थियो । तर, निर्वाचनको नतिजाअनुसार दुवैजना पराजित भएसँगै जिल्लाका स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य भएको हो । 

जिल्लाको पाँचवटै पालिकाको प्रमुखमा पुरुष नेतृत्व निर्वाचित भएका छन् । उपप्रमुखमा चार वटा गाउँपालिकामा महिलाले नेतृत्व पाएका छन् । जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको उपप्रमुखमा चण्डिका तामाङ, गोसाईंकुण्ड गाउँपालिकामा प्रतिमा तामाङ, कालिका गाउँपालिकामा मिरा लामा र उत्तरगया गाउँपालिकामा चमेली गुरुङले नेतृत्व पाएका छन् । 

गुरुङले ०७४ को निर्वाचनमा पनि उत्तरगया गाउँपालिकाको उपप्रमुखको नेतृत्व पाएकी थिइन् । उनी पुनः दोहोरिएकी हुन् । 





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १८:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया