बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार घटनामा रहेको एक वर्षे हदम्याद हटाउने तयारी भइरहेको बताएका छन्। 

बुधबार नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको बताएका हुन् । 

सहमहामन्त्री उपाध्याय नेतृत्वको टोलीले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । जवाफमा प्रधानमन्त्री देउवाले सरकारले यसमा गृहकार्य गरिरहेको बताएको उपाध्यायले जानकारी दिइन्।

सहमहामन्त्री उपाध्याय नेतृत्वको टोलीले स्थानीय तहमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेकोमा समेत ध्यानाकर्षण गराएको थियो । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएको बताएकी थिइन्।

प्रदेश र संघीय चुनावमा भने महिलाहरुको सम्मानजनक उपस्थिति हुनुपर्नेमा उनले जोड दिइन् । जवाफमा देउवाले स्थानीय चुनावमा महिलाको प्रतिनिधित्व कम भएकोमा स्वीकार गर्दै कमजोरी सुधार गर्दै जाने प्रतिबद्धता जनाएका थिए।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १८:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया