गणतन्त्र दिवसमा कर्णालीभर तीन दिनसम्म दीप प्रज्वलन गरिने

गणतन्त्र दिवसका अवसर कर्णाली प्रदेशभर दीप प्रज्वलन गरिने भएको छ । जेठ १४, १५ र १६ गते कर्णालीस्थित सार्वजनिक निकायका कार्यालयमा दीप प्रज्वलन गर्न निर्देशनसमेत दिइएको छ । 

यसका साथै कर्णाली प्रदेशवासी नागरिक सबैले घर–घरमा गणतन्त्र दिवसका अवसरमा दीप प्रज्वलन गर्न ‘गणतन्त्र दिवस–२०७९ समारोह समिति’ले आग्रहसमेत गरेको छ ।
 
प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा गठित ‘गणतन्त्र दिवस–०७९ समारोह समिति’ समितिमा प्रदेशका मन्त्री, प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपरथी पश्चिम कमाण्ड हेडक्वाटर, प्रदेश सचिव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल ६ नं‍ महेश्वरी बाहिनी मुख्यालय, बरिष्ठ प्रहरी उपरीक्षक प्रदेश प्रहरी कार्यालय, अनुसन्धान निर्देशक र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य रहेका छन् भने प्रदेश सचिव प्रेमप्रसाद आचार्यलाई सदस्य सचिवको रुपमा राखिएको छ ।

जेठ १४ गते प्रदेशका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा फहराउने एवं ब्यानर सजाई आ–आफ्नो कार्यालयमा सरसफाइ गर्ने, सोही दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले समन्वय गरी सुरक्षा निकाय, खेलाडी, राजनीतिक दलका प्रतिनिधि, सुर्खेत उद्योग वाणिज्य संघलगायत संघसंस्थाको सहभागितामा सार्वजनिक स्थल र बजार तथा चोकमा सरसफाइ गर्ने कार्यतालिका तय भएको छ ।

यसैगरी, दिवसका दिन अर्थात् जेठ १५ गते वीरेन्द्रनगरबाट प्रकाशित पत्रिकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीको शुभकामना सन्देश प्रकाशन गर्ने, सोही दिन बिहान ७ बजे मंगलगढी चोकदेखि प्रभातफेरी सुरु गरी वीरेन्द्रचोक हुँदै पिपलचौताराबाट सिटी हलमा प्रवेश गरी समारोहमा परिणत हुने कार्यक्रमसमेत रहेको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १८:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया