मेयरको पदभार सम्हालेको भोलिपल्टै फिल्डमा खटिए हर्कराज

स्थानीय तहको निर्वाचनबाट निर्वाचित अधिकांश जनप्रतिनिधि विजय जुलुससहित खुसीयाली मनाइरहँदा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हर्कराज साम्पान भने फिल्डमा खटिएका छन् ।

उनले धरानमा जटिल समस्याका रूपमा रहेको खानेपानी समस्या समाधानका लागि मेयरको कुर्सी सम्हालेको भोलिपल्टै फिल्डमा खटिएका हुन् ।

सर्दु जलाधार क्षेत्रस्थित खानेपानीको मुहानमा पुगेर अवस्थाका बारेमा जानकारी लिनुका साथै सरसफाईमा सहयोग गरेका हुन् ।

अवलोकनका क्रममा पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत सम्भार गर्न र सरसफाइ गर्न निर्देशन दिएका छन् ।

'खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो' उनले भनेका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १९:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया