काश्मिरकी टिकटक स्टारको गाेली हानी हत्या

जम्मु कश्मिरको बडगाम जिल्लामा टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार ३५ वर्षीया अमरीन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन् ।

आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन् । लश्कर–ए–तैइबा (एलईटी) मा आवद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ । 

‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जाँदा अमरीन भाटलाई उनको घरमा गोली हानेका थिए । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजाने वित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ । 

युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । 
 





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार ७:७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया