टेक्सासको विद्यालयबाहिर बन्दुकसहित विद्यार्थी पक्राउ

अमेरिकाको टेक्सास राज्यको उभल्देस्थित एक विद्यालयमा भएको घातक गोलीबारीमा १९ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको भोलिपल्ट टेक्सासकै एउटा हाईस्कूल बाहिर एक विद्यार्थी बन्दुकसहित पक्राउ परेका छन् । 

प्रहरीले टेक्सासको रिचर्डसन हाईस्कुलतर्फ राइफलसहित हिँड्दै गरेका संदिग्धलाई पक्राउ गरेको हो । संदिग्धबारे जानकारी पुगेपछि तत्कालै उनी भएको स्थानमा प्रहरी पुगेको थियो । 

प्रहरी गतिविधिबारेमा नजिकका विद्यालयलाई जानकारी दिइएको थियो । १८ वर्षीय बन्दुकधारीले एउटा प्राथमिक विद्यालयमा २१ जनाको हत्या गरेको भोलिपल्ट यो घटना भएको हो ।   





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १०:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया