सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । उनीहरूले सरकारविरुद्ध चरणवद्ध रूपमा आन्दोलन गरिरहेका छन् ।
बुधबार कैलालीको अत्तरिया र धनगढीका विभिन्न ठाउँमा विरोध गरेका स्थानीयले आज हस्ताक्षर अभियान थालेका छन् । स्थानीयले स्वतस्फूर्त रूपमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन् ।
मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सुदूरपश्चिमवासी आक्रोशित छन् ।
अत्तरियामा लोकराज पाण्डे (आगो) को संयोजकमा युवाहरू आन्दोलित बनेका छन् । धनगढीमा संयुक्त नागरिक आन्दोलनको नाममा विरोध भइरहेको छ । बिहीबार धनगढीको एलएनचोकमा हस्ताक्षर अभियान थालिएको छ ।
शुक्रबार बिहान ८ देखि १० बजेसम्म गेटा मेडिकल कलेजमा पुगेर प्लेकार्डसहित धर्ना दिइने र शनिबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइने कार्यक्रम रहेको नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए । त्यति गर्दा पनि आफूहरूको एक बुँदे माग सुनुवाइ नभए आइतबारबाट रिले अनसन थालिने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।