नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई सचेत गराएको बताएका छन् । चितवनमा सञ्चारकर्मीसँगको कुराकानीमा काठमाडौंलगायत केही स्थानको मतपरिणामले दलहरूलाई केही सङ्केत गरेको चर्चा गरे ।
उनले भने, 'स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई जनताले टाढा राख्न खोजेको नभइ केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको छ ।'
स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र अब दलहरुले अहिलेको निर्वाचनले गरेको सङ्केतलाई ध्यान दिन जरुरी रहेको उपसभापति खड्काले उल्लेख गरे ।
राजधानीलगायत केही ठाउँको निर्वाचनको परिणामलाई लिएर दलका नेतृत्वले समीक्षा गरेर आउने दिनमा नयाँ निर्णय गर्दै फरक तरिकाले पार्टी चलाउनुपर्ने देखिएको उनको भनाइ थियो ।
फरक प्रसङ्गमा उपसभापति खड्काले संसदमा प्रस्तुत नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई धेरै हदसम्म सम्बोधन गर्ने गरी ल्याइएको जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।