कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
फाइल तस्वीर

काठमाडौंको कोटेश्वरमा आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशा बहादुर नेवार रहेका छन् । 

बसको ठक्करबाट गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको थियो । 

दुबै सवारी साधनसहित बस चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।  





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १५:४१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया