इपीएल र ६ फ्रेन्चाइज टिमले क्यानविरुद्ध सर्वोच्चमा दिए रिट
फाइल तस्वीर

एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । 

बिहीबार इपीएलले एक विज्ञप्ति जारी गर्दै क्यानले आफ्नो आयोजनामा हुने नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने जनाएको हो । 

इपीएलले यसअघिको आफ्नो विज्ञप्ति क्यानविरुद्ध धम्की नभएको भन्दै नेपाल टी-२० को रणनीतिक र व्यापारिक साझेदार सेभेन थ्री स्पोर्टससँगको सम्झौतामाथि पनि प्रश्न उठाएको थियो । विज्ञप्तिमा सेभेन थ्री स्पोर्टसको कार्य अपारदर्शी रहेको उल्लेख गरिएको छ ।

‘सम्माननीय सर्वोच्च अदालतमा क्यानको निर्णयविरुद्ध अन्तरिम आदेशका लागि रिट दर्ता गरिएको छ । अदालतले यस विषयमा उपयुक्त निर्णय जारी गर्नेमा हामी विश्वस्त छौं,’ विज्ञप्तिमा उल्लेख छ । 

यसअघि क्यानको बोर्ड बैठकले सञ्चालनमा आएको फ्रेन्चाइज लिग प्रादेशिक संरचनामा गए मान्यता दिने बताउँदै यस्ता लिगलाई राष्ट्रिय मान्यता नदिने बताएको थियो । 





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १५:५८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया