नेप्से परिसूचक ८.०३ अंकले वृद्धि, मेगा बैंकको शेयरमा सकारात्मक सर्किट
फाइल तस्वीर

शेयर बजार मापक सूचक नेप्से परिसूचक बिहीबार पनि वृद्धि भएको छ । 

पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ । बिहीवार नेप्से परिसूचक ८.०३ अंक अर्थात् ०.३६ प्रतिशत बढेर २२३९.६० बिन्दुमा पुगेको छ ।  

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२२ कम्पनीको २३ लाख २४ हजार कित्ता शेयर ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से सामान्य अंक बढे पनि बिहीबार कारोबार रकम भने न्यून भएको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक गिरावट आएको छ भने बाँकी ८ उपसमूहको परिसूचक वृद्धि भएको छ । जसमध्ये बैंकिङ उपसमूह सबै भन्दा बढी ०.९८ प्रतिशतले बढेको छ ।  अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ ।

बिहीबारको कारोबारमा मेगा बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नारायणी डेभलमेण्ट बैंकको ६.२० प्रतिशत बढेको छ । तर यता, गुराँस लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४७ प्रतिशत घटेको छ । 



सिंगटी हाइड्रो इनर्जी र माउण्टेन इनर्जीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर मेगा बैंक शीर्ष स्थानमा रहेको छ ।

 



  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १६:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया