बागमती प्रदेशसभा भोलि शुक्रबार बस्दै

बागमती प्रदेशसभा भोलि शुक्रबार बस्ने भएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको पहिलो बैठकमा पाँचवटा अध्यादेश पेस हुने भएको हो ।

प्रदेशसभामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन ०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गर्ने भएका छन् ।

त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन ०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्ने भएका छन् । प्रदेश निजामती सेवा अध्यादेश ०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश ०७८ पनि संसदमा पेस हुने भएको छ । 

यी अध्यादेश संसद सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो ।





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १८:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया