नेकपा एमालेका युवा नेता ठाकुर गैरेले सर्वोच्च अदालतले बिहीबार गरेको फैसला बिडम्बनापूर्ण रहेको बताएका छन् ।
बिहीबार सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने फैसला गरेको थियो । सो फैसलाप्रति टिप्प्णी गर्दै गैरेले विडम्बनापूर्ण भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘निजगढमा अन्तरास्ट्रिय विमानस्थल बनाउने योजनालाइ सर्बोच्च अदालतको फैसला मार्फत रोक लागाइनु बिडम्बना पुर्ण छ।’
निजगढमा विमानस्थल बनाउने योजना तत्कालीन पर्यटनमन्त्री एवं एमाले नेता स्वर्गीय रवीन्द्र अधिकारीको पालामा सुरु भएको थियो । उनको योजनालाई त्यसपछि पर्यटनमन्त्री बनेका योगेश भट्टराईले अघि बढाएका थिए ।
बिहीबार सर्वोच्चले विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै विकल्प खोज्न परमादेश जारी गरेपछि निजगढ विमानस्थलको योजना तुहिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।