२० जेठमा फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिको आयोजनामा यही २० जेठ शुक्रबारका दिन इकोनोमी कन्क्लेभको दोस्रो संस्करण हुन लागेको हो । 

कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीका बारेमा सबै सरोकारवालासँग बृहत् छलफल हुने आयोजकले जनाएको छ ।

यस वर्षको कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेसनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तीका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ । 

कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैँका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल : सानो बजार कि असीमित सम्भावना ?’ तथा ‘ हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ । 

यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ ।

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्वारा कि–नोट स्पीच प्रस्तुत हुनेछ । 



साथै नेपालको डिजीटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगको बेग्लै सत्रसमेत हुनेछ ।



  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार २०:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया