बिहानैदेखि बालेनका समर्थक र शुभेच्छुकको धन्यवाद र्‍याली, यस्तो छ रुट

काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेन्द्र शाह (बालेन) ले आज धन्यवाद सभा गर्दैछन् । उनले आज बिहान टुँडीखेलमा धन्यवाद सभा गर्न लागेका हुन् । 

बालेनका समर्थक तथा कलाकार अर्जुन घिमिरेका अनुसार त्यसअघि समर्थकहरू प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुनेछन् । 

त्यसपछि र्‍याली निकालिने घिमिरेले बताए । र्‍याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन भारी मतान्तरले महानगरको प्रमुखमा निर्वाचित भएका हुन् । 

महानगरको मतगणना गएराति सकिएको हो । औपचारिक घोषणा भने आज बिहान ८ बजे गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

महानगरको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतसहित विजयी भएकी छन् ।   





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ६:४२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया