नेपालमा तीन वायुको प्रभाव : आज पनि चट्याङसहित वर्षाको सम्भावना
फरकधार / १३ जेठ, २०७९

नेपालमा स्थानीय वायु, भारतको बिहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश–१ का एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।



दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश–१, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार प्रदेश–१ र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ६:४६:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया