बालेन र सुनितालाई बधाई दिँदै योगेश भट्टराईले भने– आपसी सहकार्य कसिलो बनोस्

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर/उपमेयरलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित मेयर वालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोललाई बधाई दिएका हुन् । 

देशको राजधानीले नयाँ पुस्ताको नेतृत्व पाएको भन्दै भट्टराईले खुसीसमेत व्यक्त गरेका छन् । उनले आशा र विश्वास जीवितै राख्दै मेयर/उपमेयरको आपसी सहकार्य कसिलो बन्नुपर्नेमा पनि जोड दिएका छन् ।

‘देशको राजधानीमा नयाँ पुस्ताको नेतृत्व । बधाई मेयर बालेन शाह, बधाई उपमेयर सुनिता डंगोल । आशा र विश्वास जीवित रहुन्, आपसी सहकार्य कसिलो बनोस्,’ भट्टराईले फेसबुकमा लेखेका छन् ।  

स्वतन्त्रबाट चुनाव लडेका शाह कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा विजयी भएका हुन् । विजयी शाहले ६१ हजार ७६७ मत ल्याए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । शाहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाए । एमालेका स्थापितले ३८ हजार ११७ मत ल्याए ।   





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ९:२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया