यी हुन् कंगनाको ‘धाकड’ फ्लप हुनका पाँच कारण

कंगना रनावत ‘बलिउडकी क्विन’ हुन् भन्ने कुरामा दुई मत छैन । उनले ‘फेसन’, ‘तनु वेड्स मनु’, ‘क्वीन’, ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ र ‘कृष ३’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छन् ।

निरन्तर हिट फिल्म दिइरहँदा उनका अन्य फिल्महरूले पनि त्यसरी नै सफलता पाउने फिल्मका व्यापार विश्लेषक तथा समीक्षकको अनुमान थियो । तर, उनको पछिल्लो रिलिज फिल्म ‘धाकड’ यो मामलामा चुक्यो ।

यो फिल्म बक्स अफिसमा पूर्ण रुपमा फ्लप भयो, जसकारण कंगना निकै ट्रोल पनि बनिन् । उनको फिल्म किन असफल भयो भन्ने विषयमा आ-आफ्नै आँकलन गरिएका छन् । तर यहाँ प्रमुख पाँच कारण प्रस्तुत गरिएको छः

भुल भुलैया–२

कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म ‘भुल भुलैया २’ र कंगनाको फिल्म ‘धाकड’ २० मे २०२२ मा एकसाथ थिएटरमा रिलिज भए । रिलिजअघि ‘धाकड’को अगाडि ‘भुल भुलैया-२’ असफल हुने आँकलन गरिएको थियो । तर जब फिल्म रिलिज भयो, माहौल फरक देखियो । ‘भूल भुलैया २’ले पहिलो दिन जोडतोडका साथ कमाई गर्यो, यो मामलामा ‘धाकड’ असफल साबित भयो । फिल्म समीक्षक तथा व्यापार विश्लेषकले ‘धाकड’सँग ‘भूल भुलैया २’ प्रदर्शन नभएको भए कंगनाको फिल्मले राम्रो व्यापार गर्ने बताइरहेका छन् ।

कथाको अभाव



केही दर्शक छन्, जो आफूले अहिलेसम्म नहेरेको र नसुनेको कथा फिल्ममा हेर्न चाहन्छन् । तर, कंगनाको फिल्मको मामलामा दर्शकको चाहना पूरा हुन सकेन । उनको फिल्म मानव तस्करीमा आधारित छ । जबकी यस्तै कथामा यसअघि ‘शिवाय’, ‘पाखी’ जस्ता कैयौं फिल्म बनिसकेका छन् ।

आकर्षक निर्देशनको खडेरी



कुनै पनि फिल्म पहिला कथा अनि दृश्यको निर्देशनमा आधारित हुन्छ । यदि कथामा दम छैन, तर निर्देशन जबरजस्त छ भने त्यसले दर्शकलाई हलतिर आकर्षित गर्छ । तर, कंगनाको फिल्ममा दुवै कुराको अभाव खड्कियो । यो फिल्मको निर्देशन रजनीश घईले गरेका हुन् ।

ओभर एक्सन

‘धाकड’ नामले नै यो फिल्म एक्सन फिल्म हो भन्ने सबैलाई अनुभव हुन्छ । तर, आजको समयमा केबल एक्सनले मात्र फिल्म चल्दैन । यदि फिल्ममा एक्सनसँगै केही आकर्षक संवाद र कमेडी हुँदैन भने दर्शकले एक्सनमा अल्छी मान्छन् । ‘केजीएफ २’ र ‘आरआरआर’ एक उत्कृष्ट उदाहरण हो । यो फिल्म एक्सनमै आधारित थियो, तर यसमा प्रयोग भएका केही रोचक विषय र कमेडीले दर्शकलाई मनोरञ्जन दिएको थियो ।

विवादित कंगना

कंगना रनावट आफ्नो विवादित बोलीका कारण सधैं चर्चामा आउँछिन् । यस्तो मामलामा समीक्षकहरूले उनको फिल्म फ्लप हुनुमा उनको कडा र तिखो बोलीलाई पनि मानेका छन् ।

  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ११:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया