‘साढे तीन वर्षसम्म एमालेले प्रदेशको भौतिक संरचना निर्माण गरेन’

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले नेकपा एमालेको सरकारले प्रदेशमा भौतिक संरचनाहरूको निर्माण गर्न नसकेको बताएका छन् । 

बागमती प्रदेश सभाको दशौं अधिवेशनलाई सम्बोधन गर्दै बानियाँले साढे तीन वर्षको अवधिमा एमालेको सरकारले केही पनि संरचना निर्माण गर्न नसकेको बताएका हुन् । ‘प्रदेशमा आवश्यक भौतिक संरचना निर्माण गर्न साढे तीन बर्षसम्म पनि नेकपा भन्ने एमाले प्रदेशलाई बलियो बनाउन एउटा पनि संरचना बनाउन उन्मुख भएन,’ प्रदेशसभा बैठकमा बानियाँले भने । 

उनले लोकतान्त्रिक अभ्यासलाई पूरा गर्दै गठबन्धनको सरकारले जित हासिल गर्न सफल भएको समेत बताए । पार्टीभन्दा पनि व्यक्ति राम्रो भयो भने जनताले चुन्दो रहेछन् भन्ने पनि यो निर्वाचनले सिकाएको उनले बताए । 

स्वन्त्रबाट निर्वाचित मेयरहरूको उदाहरण दिँदै बानियाँले भने, ‘अब पार्टीभन्दा पनि नेपाली जनताले प्रतिनिधिको काम र व्यवहार हेर्ने छन् भन्ने प्रष्ट भएको छ ।’ 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १३:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया