चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।
शुक्रबार दिउँसो ललितपुरको जावलाखेलमा गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरकाे सुमेरु अस्पताल भर्ना गरिएको छ ।
उनी सवार गाडी जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो । उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उनको टाउकोमा चोट लागेको छ ।
टाउकोको सिटी स्क्यान गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
प्रहरीका अनुसार उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।