जनकपुरधाम : विमलेन्द्रलाई बोलाएपछि बहिष्कार गरेका एमालेबाट निर्वाचित जनप्रतिनिधिले लिए शपथ

जनकपुरधाममा बिहीबार शपथ ग्रहण बहिष्कार गरेका नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

जनकपुरधाम उपमहानगरपालिकामा आयोजित कार्यक्रमका बीच नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यले नगरप्रमुख मनोज साहबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

यसअघि बिहीबार आयोजित शपथ ग्रहण कार्यक्रम एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका थिए । उनीहरुले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएको भन्दै कार्यक्रम बहिष्कार गरेका हुन् ।

एमालेका ७ जना वडाध्यक्ष र सदस्यले शुक्रबार शपथ लिएसँगै आजैबाट आ–आफ्नो वडा कार्यालय पुगेर कार्यभारसमेत सम्हालेका छन् । 

जनकपुरधाम उपमहानगरमा २५ वडा रहेकोमा ११ वडामा नेपाली कांग्रेस, ७ मा नेकपा एमाले, दुईमा नेपाली कांग्रेसका बागी उम्मेदवार, दुईमा लोकतान्त्रिक समाजवादी पार्टी, एकमा जनता समाजवादी पार्टी, एकमा तराइ मधेश लोकतान्त्रिक पार्टी र एकमा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १७:३५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया